नेपाली फिल्म क्षेत्रमा पाश्र्व गायनबाट चर्चामा रहेकी गायिका मिलन अमात्यले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छिन् । मिलनले आफैले सुरुवात गरेको युटुब च्यानलबाट उनको नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘फरिया चौबन्दी’ बोलको गीतमा मिलनले पनि कम्मर मर्काएकी छिन् । उत्तम जंग लिम्बुको गीतमा शब्द तथा संगीत छ । गीतमा जुना सन्दास, विशाल सापकोटा र अर्जुन गौतमले मोडलिङमा साथ दिएका छन् । मोडल एलिसा राइलाई विशेष तरिकाले भिडियोमा उभ्याइएको छ ।

मिलनको तेश्रो एल्बम ‘मिलन संजोग’बाट यो गीत लिइएको हो । नितिन चन्दले भिडियोमा छायांकन, सम्पादन र निर्देशनको जिम्मा सम्हालेका छन् । आधुनिक यूवती भएपनि ‘फरिया चौबन्दी’ नविर्सिएको भन्दै एक यूवतीले पोखेको मनको कुरालाई गीतमा मिलनले प्रस्तुत गरेकी छिन् । उत्तम जंग लिम्बुको गीतमा शब्द तथा संगीत छ ।

For More videos Log on to Mazzako TV