नेपाली फिल्म तथा सिरियलका कलाकार विल्सन विक्रम राइलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रवल जनसेवा श्री तक्मा’ प्रदान गरेकी छिन् । राष्ट्रपति भवनमा आयोजना भएको एक कार्यक्रममा विल्सनले राष्ट्रपतिको हातबाट यो तक्मा ग्रहण गरेका हुन् ।
देशका लागि उच्च योगदान गर्ने कलाकारलाई विभिन्न पुरस्कारबाट नेपाल सरकारले विभुषित गर्दै आएको छ । नामको घोषणा केही समय अगाडि नै भएपनि गणतन्त्र दिवसको अवसर पारेर शनिबार यो पुरस्कार प्रदान गरिएको हो । विल्सनले भने-‘राष्ट्रपतिले मलाई तक्मा प्रदान गरेपछि उहाँलाई चिन्छु भन्नुभयो ।’

For More videos Log on to Mazzako TV