शुक्रबार बाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र पर्वले दर्शकको मन जितेको छ । ७७ वटा हलहरुबाट प्रदर्शन आरम्भ गरेको नम्रता श्रेष्ठ र कोशिस क्षेत्री अभिनित चलचित्र ‘पर्व’ले सुखद व्यापार गरेको चलचित्र निर्माण युनिटको दावी छ ।

चलचित्रको टोली दर्शकको प्रतिक्रिया बुझ्न राजधानीका केही हलहरुमा पुगेको थियो । शनिबार बिहानै देखि नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेविका कार्की सहित चलचित्रका निर्देशक दिनेश राउत उपत्यकाका मल्टिप्लेक्समा पुग्दा दर्शकले घेरेको पाईयो ।

बिशेषत चलचित्रको कथाबस्तु र कलाकारहरुको प्रस्तुतीलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् । सुन्धारा स्थित सिभिल मलमा फिल्मको युनिट पुग्दा नम्रता, कोशिश र माला दर्शकहरुबाट घेरिए । उनीहरुलाई दर्शकले चलचित्रको बारेमा मिठा मिठा प्रतिक्रियहरु दिए अनि सेल्फी पनि खिचाए ।

त्यसैभीडमा नायिका नम्रताकी एउटी यस्ती फ्यान पनि भेटिइन् जो नम्रतालाई भेट्न साथ रुन थालिन् । नम्रता आफुलाई निकै मन पर्ने र रियल लाईफमै उनीसँग भेट्न पाँउदा खुशी भएर आँखाबाट आँशु खसेको ति नम्रता फ्यानले मज्जाको टिभीलाई प्रतिक्रिया दिईन ।

निर्माताद्धय निकिता पौडेल र सुवास गिरी चलचित्रले सन्तोषजनक ब्यापार गरिरहेको प्रतिक्रिया दिन्छन् । उनीहरु भन्छन, ‘जति दर्शकहरुले चलचित्र हेर्नुभएको छ, सबैबाट राम्रो बनेको प्रतिक्रिया प्राप्त भएको छ । तसर्थ, पर्वको व्यापारमा वर्डअफ माउथले फाईदा पुग्नेछ ।’ अब हेर्न बाँकी छ चलचित्रको भोली र पार्सि कस्तो ब्यापार गर्ने हो । तर, शनिवार मज्जाको टिभी हल हलमा पुग्दा देखिएको मज्जा मज्जाको दृश्यहरु सहितको हल रिपोर्ट भने केही समयमा मज्जाको टिभीमा आँउदैछ । प्रतिक्षा गर्नुहोला ।

For More videos Log on to Mazzako TV