दीपेन्द्र के. खनाल निर्देशित तथा खगेन्द्र लामिछाने अभिनित फिल्म ‘धनपति’को ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गरि ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्दा एउटा सामान्य पारिवारीक विषयबस्तुमा निर्माण भएको अनुमान लगाउन सकिन्छ । ‘पशुपतिप्रसाद’को सफलतापछि दीपेन्द्र के. खनालसँग टुकी आर्ट्स प्रा.लिको सहकार्यमा फिल्म निर्माण भएको हो । ‘धनपति’ इमान बेच्न नचाहने स्वाभिमानी हुन्छ । ‘धानपति’ छोरीलाई बोर्डिङमा पढाउन चाहन्छ, धेरै दुःख गर्दा पनि छोरी पढाउन गाह्रो हुन्छ । यस्तै कथामा फिल्म ‘धनपति’ घुमेको छ ।

चलचित्र ‘धनपति’का बारेमा सिनेमाको टिम के भन्छ त ??? हेर्नुस्, मज्जाको भिडियो…..रमाईलो ६

खगेन्द्र लामिछानेको लेखन तथा शीर्ष भूमिका रहेको फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभि बर्तौला, हरीहर शर्मा, रबी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । सूर्य थोकरको द्धन्द्ध, आधासुरको संगीत रहेको फिल्मका निर्माता रोजिना सिटौला हुन् । फिल्मका सह–निर्माता रजना नापित, समीर देवकोटा ओम गुरुङ हुन् ।

हेर्नुहोस ट्रेलर :

For More videos Log on to Mazzako TV