फिल्मका पात्रहरुको जिवनमा आउने दुख कष्ट तारे भीर जस्तै अप्ठ्यारो हुने भएकाले फिल्मको नाम ‘तारे भीर’ रहन गरेको निर्देशक प्रेम सुब्बाले बताएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै लेडिज द्धन्द्धमा केन्द्रित फिल्म ‘तारे भीर’ बारे जानकारी दिएका हुन् ।

दैनिक पत्रपत्रिकामा प्रकाशित हुने बिभिन्न घटनाक्रमलाई ‘तारे भीर’ उतारेको निर्देशक सुब्बाको भनाई थियो । असार २ गतेबाट प्रदर्शनमा आउँन लागेको फिल्मकी मुख्य नायिका भने कार्यक्रममा उपस्थिती थिइनन् ।

फिल्ममा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मलाई प्रेम सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । डीके दिवानको निर्माणमा यो फिल्म तयार भएको छ । ट्रेलर : 

 

For More videos Log on to Mazzako TV