जेठ १२ अर्थात आजबाट दुई नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । कमेडी तथा लभस्टोरी फिल्म ‘हिटलर’ र थ्रिलर फिल्म ‘पर्व’ले आजबाट प्रदर्शन शुरुवाद गरेका हुन् ।

नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘क्लासिक’ पछि २ बर्षको अन्तरमा ‘पर्व’ आएको हो । ‘काले दाई’ बोलको गीतका कारण पनि ‘पर्व’ चर्चामा छ । दिनेश राउतले निर्देशन गरेको फिल्ममा नायिका नम्रता संगै नायक कोशिश क्षेत्री, माला लिम्बू, जेबिका कार्कीलगायतको मुख्य भूमिका रहेको छ ।  ‘पर्व’लाई प्रिमीयरमा यस्तो प्रतिक्रिया :

त्यस्तै लभ, रोमान्स र कमेडी फिल्म ‘हिटलर’ पनि ‘तिमी चाउमिन खाँदै, म मःम बजाउँदै’ बोलको गीतका कारण चर्चामा रहेको छ । सौरभ ढकाल निर्दे्शित फिल्म ‘हिटलर’मा सोहित मानन्धर र नवअभिनेत्री समिया बर्तौलाको मुख्य भूमिका छ । अष्टनारायण पिक्चर्सले यो फिल्म निर्माण गरेको हो । रोमान्टिक कथामा तयार भएको फिल्मलाई अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले सहकार्य गरेर निर्माण गरेको हो । सोहित र समिया संगको मज्जाको कुराकानी :

For More videos Log on to Mazzako TV