सलमान खानको प्रतिक्षित फिल्म ‘ट्युबलाइट’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलमान भिन्न भिन्नै स्वरुपमा देखिएका छन् । ट्रेलरमा उनी बच्चाहरु सँग मस्ती गरिरहेका छन् । केहि दृश्य हेर्दा बजरंगी भाईजनको झल्को समेत आउँछ । ट्युबलाइटको कथा १९६२ मा भएको भारत–चीन युद्धको सेरोफेरोमा घुमेको छ ।

एक था टाइगर र बजरंगी भाईजानपछि निर्देशक कबीर खानले सलमानसँग तेस्रो पटक सँगै फिल्ममा काम गरेका हुन् । इदमा रिलिज तोकिएको ‘ट्युवलाइट’ सलमानसँग उनका भाई सोहील खान पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलर हेर्नुस् :

For More videos Log on to Mazzako TV