बलिउड अभिनेता अरबाज खान फिल्म दबंग ३ लाई सलमानले वेवास्ता गरेको भन्दै रिसाएको खबर बाहिरिएको छ । सलमान फिल्म ‘टाइगर जिन्दा है’को सुटिङ पछि निर्देशक प्रभु देवाको आगामी फिल्ममा काम गर्ने सोचमा छन् । यसले गर्दा पनि दबंग ३ को सुटिङ केहि समय पछि सर्ने निश्चित छ ।


सलमानको व्यस्तताले कारण दबंग ३ को सुटिङ सुरु हुन नसकेको हो । ‘ट्यूबलाइट’को सुटिङ सके लगत्तै सलमान ‘टाइगर जिन्दा है’को सुटिङमा व्यस्त छन् । यसपछि सलमान प्रभुदेवाको ‘वान्टेड २’ को सुटिङमा व्यस्त हुनेछन् । दाईले फिल्मलाई वेवास्ता नगरे पनि समय अभावका कारण अरवाजको चित्त दुख्नु स्वभाविक पनि हो ।

For More videos Log on to Mazzako TV