जेठ १२ अर्थात भोली शुक्रबारबाट देशभर फिल्म ‘हिटलर’ रिलिज हुँदैछ । नामकै कारण चर्चामा रहेको यो फिल्मलाई सौरभ ढकालले निर्देशन गरेका हुन् ।

निर्देशक ढकाल फिल्म चल्नुपर्ने कारण के हो त भन्ने प्रश्नमा भन्छन् ? १ घन्टा ५६ मिनेट लामो फिल्ममा मनोरञ्जनको खुराक छ । उनले भने-‘फिल्म कलरफूल छ । कमेडी, प्रेमको संयोजनले फिल्मलाई उत्कृष्ट बनाएको छ ।’

उनका अनुसार फिल्मको टाइलट ‘हिटलर’ राख्नुको कारण पनि फिल्म हेर्दा खुल्नेछ । यससँगै फिल्म भित्र मेनुका प्रधान, ए गुरुङका फ्यानका लागि उनीहरुको नौलो अवतार विशेष हुने निर्देशक ढकालको भनाई छ । ढकालका अनुसार मेनुका र ए गुरुङले आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय गरेका छन् ।

फिल्ममा अभिनेता सोहित मानन्धर र नव-अभिनेत्री सामिया बर्तौलाको रोमान्स हेर्न सकिन्छ । सौरभ फिल्म चल्नेमा आफू ढुक्क रहेको सुनाउँछन् ।

For More videos Log on to Mazzako TV