दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पर्व’लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । जेठ १२ गतेबाट रिलिज हुन लागेको यो फिल्मको प्रिमियरमा वुधबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा ५ सय बढी अतिथी पुगेका थिए ।

चलचित्रकर्मी, पत्रकार र व्यवसायीको बाक्लो उपस्थितीमा भएको पि्रमियरपछि फिल्मलाई सुखद प्रतिक्रिया मिलेको छ । सस्पेन्स जनराको यो फिल्म हेरेका सबैले यसको मेकिङ, कथावस्तु, निर्देशकिय पाटो, छायांकन, व्याकग्राउन्ड म्यूजिकको प्रशंसा गरे ।

नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की, कोशिश क्षेत्रीको मुख्य भूमिका रहेको फिल्मलाई निकिता पौडेल र सुवास गिरीले मिलेर बनाएका हुन् ।
फिल्म हेर्नका लागि अभिनेत्रीहरु पूजा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि हलमा पुगिन् ।

अभिनेत्रीहरुमा कसले राम्रो पहिरन लगाउने भन्ने होडबाजी नै देखिएको थियो । फिल्मबाट आएको प्रतिक्रियाले आफू उत्साहित भएको निर्देशक राउतले बताएका छन् ।

For More videos Log on to Mazzako TV