रेखा थापा र आर्यन सिग्देल स्टारर फिल्म ‘रुद्र प्रिया’ को बिहिबारदेखि बन्दिपुरबाट छायाँकन सुरु भएको छ । त्यहाँ रहेको खड्गादेवी मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्माता समेत रहेकी रेखाले जानकारी दिइन् ।
‘बन्दीपुरमा दुई साता जति बस्छौं’ रेखाले भनिन्, ‘त्यसपछि पोखरा, काठमाण्डौं र जिरीमा जान्छौं ।’ कात्तिक २ गते लक्ष्मी पूजादेखि प्रदर्शनमा आउने फिल्म ‘रुद्र प्रिया’ को सुटिङ चालिस दिनमा सक्ने लक्ष्य राखिएको छ ।

सुदिप भूपाल सिंह बबीको निर्देशन रहने फिल्ममा रेखा र आर्यन मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । उनीहरु सात वर्ष पछि पर्दामा एकसाथ प्रस्तुत हुँदैछन् ।


रेखा फिल्मस्को प्रस्तुती रहेको फिल्म ‘रुद्र प्रिया’ मा रमेश एमके पौडेलले रेखासँग लगानीमा सहकार्य गरेका छन् भने निर्मात्रीको रुपमा सरस्वती थापा रहेकी छिन् । संजय लामाको छायाँकन रहेको फिल्ममा सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

For More videos Log on to Mazzako TV