बलिउड नायिका प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’को फष्टलुक सार्वजनिक भएको छ । ‘पाहुना’ कान्स फिल्म फेस्टिबलमा प्रियंकाकी आमा मधु चोपडाले पोष्टर र टिजर एकसाथ सार्वजनिक गरेकी हुन् । दुई बालबालिकालाई मात्र पोष्टरमा  देखाइएको छ ।

आमा बुबाबाट छुट्टिएका बालबालिकाको कथाको वरिपरी फिल्म घुम्छ । फिल्म ‘पाहुना’ चोपडाको पर्पल पिबल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । महिला निर्देशक पाखी ए ताइरीवालाले निर्देशन गरेको फिल्म माओवादी द्वन्द्वका प्रभावहरु समेत देखाइएको छ ।

For More videos Log on to Mazzako TV