जेठ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘लाल्टिन’लाइ नेपाली फिल्म क्षेत्रबाट पनि शुभकामना मिलेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, निर्देशक मिलन चाम्स सम्मले यो फिल्मको बारेमा आफ्नो धारणा राखेका छन् ।

दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मको अहिले तिव्र रुपमा प्रचारप्रसार भैरहेको छ । बोर्ड अध्यक्ष राई, निर्देशक चाम्सले फिल्मप्रति आफूहरु पनि उत्सुक भएको भन्दै फिल्म हेर्न आग्रह गरेका छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा दयाहांग डनको भूमिकामा देखिएका छन् । ठूलो बजेट र चर्चित कलाकारका कारण भानु प्रतापको प्रस्तुतीमा बनेको यो फिल्म चर्चामा छ । फिल्ममा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।

For More videos Log on to Mazzako TV