नेपालमा प्रदर्शन मिति पक्का नभएको फिल्म ‘मेरी कुसुम’ यूएइका विभिन्न शहरमा भने हाउसफूलका साथ प्रदर्शन भएको छ । यूएइको अवुधाबी, अल ऐनमा यो फिल्मको ३ दिनमा ४ शो भयो । अवुधावीका २ हल र अल ऐनको १ हलमा यो फिल्म लागेको थियो ।

बिहिबार, शुक्रबार र शनिबार यो फिल्म प्रदर्शन गरियो । १२ शो नै हाउसफूलका साथ प्रदर्शन भएपछि फिल्मका निर्माता तथा अभिनेता मोहन बोगटी दंग देखिएका छन् ।

अब, यो फिल्म दुबई, सार्जा, फुजेरा लगायतका अन्य शहरमा प्रदर्शन हुनेछ । मोहन र हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मलाई एन आर घिमिरेले निर्देशन गरेका हुन् । लभ स्टोरी तथा द्धन्द्धात्मक फिल्मलाई दर्शकले रुचाएपछि मोहन दंग छन् ।

For More videos Log on to Mazzako TV