संचारकर्मी तथा गायक सुरज पौडेलको ‘ठुम्काले ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । केहि दिन अघि मात्र चितवन र नवलपरासीमा छायांकन गरिएको भिडियो हालै युट्युब मार्फत रिलिज गरिएको हो । शब्द तथा स्वर सुरजकै रहेको गीतको संगीत भिषण राईले गरेका हुन् ।


गायक सुरजको ‘मनको खुसी’ एल्बममा समावेश उक्त गीतको भिडियोमा मेण्डी बाबु र रन्जु शर्मा फिचरिङमा छन् । संचारकर्मी कुमार आचार्यले निर्देशन गरेको ‘ठुम्काले ’ गीतको भिडियोका जगतराम चन्द्र रेग्मी कोरियोग्राफर हुन् । रबि कोइरालाले खिचेको भिडियोलाई रबिन्द्र खड्काले सम्पादन गरेका छन् । भिडियो हेर्नुहोस :

For More videos Log on to Mazzako TV