अभिनेत्री करिश्मा मानन्धर र उनका पति विनोद मानन्धरविचको लफडा सार्वजनिक भैरहेको छ । स्थानिय निकायको निर्वाचनमा विनोदकै कारण आफूले भोट हाल्न नपाएको भन्दै करिश्माले फेसबुकमा स्टाटस लेखेपछि यी दुइको घर झगडा बाहिर आएको हो ।

यही मेसोमा, अभिनेत्री करिश्मा मानन्धरले दाङमा पुगेर विनोदलाई आफ्नो लोग्ने नभएर साथी मात्र भनेकी छिन् । दाङको तुल्सीपुर र घोराहीमा आयोजित छुट्टाछुट्टै पत्रकार सम्मेलनमा उनले विनोदमाथि भर पर्दा आफूले धोका पाएको समेत सुनाएकी हुन् ।

उनले, स्थानिय निर्वाचनमा नयाँ शक्ति पार्टीले ल्याएको मत सन्तोषजनक भएको बताउँदै आगामी दिनमा आफ्नो पार्टी वैकल्पिक शक्तिको रुपमा उदाउने समेत दाबी गरिन् ।

For More videos Log on to Mazzako TV