गायक तथा संगीतकार पुष्प गजमेरको गीति एल्बम ‘आवाज’ रिलिज गरिएको छ । अमेरिकाको ओहायो राज्य स्थित एक्रोन सहरमा एक भब्य कार्यक्रमको आयोजना गर्दै एल्बम सार्वजनिक गरिएको हो ।

अमेरिकामा नेपाली गीत संगीतको उत्थानमा लागि परेको हिमालयन म्युजिक एकाडमीको बार्षिक कार्यक्रमबीच एल्बमका गीतहरु सार्वजनिक मात्र गरिएन्, एक गीतको म्युजिक भिडियो समेत देखाईयो । प्रजित रानाले निर्देशन गरेको भिडियोमा बिमलेश अधिकारी र पुर्णि गुरुङ्गले अभिनय गरेका छन् ।

‘हिमालयन म्युजिक एकाडमी कल्चर इभेन्ट २०१७’ नाम दिईएको यस कार्यक्रममा प्रताप सुब्बा, सुशिल बिश्वकर्मा, अम्बर सुब्बा, बिकास राई, चन्द्र दियाली, बिष्णु सुनार, राजमान मगर, इन्द्र लामिछाने, बिकास गजमेर, लि मोरी, क्रिस मिलर, जगत सुवेदी लगायत कलाकारहरुले आफ्ना सांगितिक प्रस्तुती दिए ।

हिमालयन म्युजिक एकाडेमीका विद्यार्थीहरुको नृत्य र गायनले पनि दर्शकको मन जित्यो । लाईभ इन्स्ट्रुमेन्टल पर्फमेन्स र ‘शुरुवात थिएटर’को ड्रामा पनि कार्यक्रमको आर्कषण बनेको थियो । इन्ट्रा नेश्नल होम केयर र फार्मस इन्सुरेन्सले प्रायोजन गरेको यस कार्यक्रम सोचे भन्दा सफल भएको आयोजक संस्था हिमालय म्युजिक एकाडेमीका संस्थापक पुष्प गजमेरले जानकारी गराए । उनले प्रत्येक बर्ष यस्तो कार्यक्रम गर्ने पनि बताएका छन् ।

हिमालयन म्युजिक एकाडेमी अमेरिकामा नेपाली भाषा, संस्कृति र संगीतको उत्थानमा लागि परेको म्युजिक स्कुल हो, जहाँ संगीत पढाई हुनुको अलावा केटाकेटीहरुलाई नेपाली लेख्न र पढ्न सिकाईन्छ ।

फोटो – शाह गजमेर

For More videos Log on to Mazzako TV