नायिका र निर्मात्रीको रुपमा चिनिएकी रेखा थापा अब निर्देशक पनि बनेकी छिन् । सुटिङ्ग भईरहेको उनको चलचित्र ‘हिम्मतवाली’मा उनी निर्देशकको रुपमा पनि काम गर्दैछिन् । चलचित्रको निर्देशन गरिरहेका श्याम भट्टराई बिरामी परेपछि रेखा आफैले निर्देशनको पाटो सम्हालिरहेकी छिन् । बिरामी परेपछि निर्देशक भट्टराई यसै साता सुटिङ्ग स्पट महेन्द्रनगरबाट काठमाण्डौं फर्किएका छन् ।

महेन्द्रनगरको पिप्लाडीमा चलचित्रको सुटिङ्ग गर्दागर्दै श्याम बिरामी भएपछि उनले महेन्द्रनगरमै उपचार गराए । प्रारम्भिक उपचार पश्चात पनि ठीक हुननसकेपछि पुन चेकजाच गराउदा टाईफाईड भएको थाहा पाएर उनी काठमाण्डौं फर्किएका हुन् । सुटिङ्गस्पट बाट श्याम फर्किएपछि निर्देशनको जिम्मा स्वयं रेखाले नै लिएकी छिन् । “श्याम दाईको स्वास्थ्य झन बिग्रदै गएपछि आफैले उपचारको लागि काठमाण्डौं पठाएकी हु” रेखाले भनिन् “परिआउदा रेखाले जे पनि गर्न सक्छे भन्ने कुरालाई प्रमाणित गर्न पनि आफैले निर्देशनको मोर्चा सम्हाल्दै छु ।” चलचित्रमा काम गर्दगर्दै मनमुटाब भएर सुटिङ्ग छाड्नुभएको भन्ने हल्ला छ नि ? भन्ने प्रश्नमा श्यामले भने “मलाई टाईफाईड भएर फर्किएको हु, मनमुटाब भएर होईन ।” श्यामका अनुसार बाँकी चलचित्रको काममा रेखाले आफै निर्देशन गर्नेछिन । यतिबेला निर्देशक श्याम भट्टराई कोटेश्वर स्थित घरमा बेड रेस्टमा छन् ।

himmatwali

चलचित्रलाई पुन ज्वाईन गर्ने तत्काल सम्भावना नरहेको श्याम बताउछन् । अहिलेसम्म हिम्मतवाली चलचित्रको पैतिस प्रतिशत सुटिङ्ग सकिएको छ । अब निदेशक पनि बन्नुभएछ नि गारो हुन्न ? भन्ने प्रश्नमा रेखाले भनिन “चलचित्र क्षेत्रमा काम गरेको १२ बर्षे मेरो यात्रामा सयांै चलचित्रमा काम गरिसकेको छु, चलचित्रमा काम गर्दा मैले निर्देशकिय कामलाई पनि नजिकबाट नियालेकी छु, नसक्ने भन्ने त कुरै आउदैन् ।” चलचित्र हिम्मतवालीको यतिबेला महेन्द्रनगरको पिप्लाडीमा सुटिङ्ग भईरहेको छ । अझै १५ दिन महेन्द्रनगरमै सुटिङ्ग चल्ने नायिका रेखाले बताईन ।himmatwali3

रेखा स्वयंले निर्माण गरिरहेको चलचित्र हिम्मतवाली पचास लाखको बजेटमा सक्ने लक्ष्य राखिएको छ । नारी प्रधान एक्सन फिल्म हिम्मतवालीलाई रेखाले दशैमा रिलिज गर्ने बताएकी छिन् । हिम्मतवालीको कथा र परिकल्पना पनि स्वयं रेखाकै रहेको छ ।

तस्वीर रेखा थापाको फेसबुकबाट

For More videos Log on to Mazzako TV