फिल्म ‘भैरव’ मार्फत निर्देशनमा डेब्यु गरेका एक्सन नायक निखिल उप्रेतीले अर्काे नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्न लागेको फिल्म ‘कमिटमेन्ट : सिख्टी हावर्स’ हो । शनिवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको घोषणा गरिएको छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्टुमेन्ट्सको लगानीमा निर्माण हुने फिल्मको लागत ३ करोडमाथि रहने नायक उप्रेतीको भनाई छ । फिल्ममा निखिलको नै मुख्य भूमिका रहनेछ भने नायिकाको टुंगो लागिसकेको छैन । निखिलका अनुसार ‘१ करोड एक्सनका लागि मात्र खर्च हुनेछ । बाँकी बलीउडका त्यति प्रख्यात कलाकारहरुलाई मैले कसरी मनाउन सकेँ ? बलीउडका त्यस्ता स्टार कलाकारहरु पनि नेपाली फिल्म ‘कमिटमेन्ट’ खेल्न मान्नुको कारण एउटै छ कथावस्तु ।’

नेपालको एउटा व्यक्तिले कसैलाई मुम्बईबाट रेस्क्यू गरेर नेपाल ल्याउन ६० घण्टाको कमिटमेन्ट गरेको हुन्छ । त्यो कमिटमेन्ट पूरा गर्न उसले गर्ने संघर्ष नै फिल्मको मुख्य कथा रहेको बताइएको छ । फिल्मको छायांकन नेपाल, मुम्बई, थाइल्याण्ड, सिंगापूर र अमेरिकामा हुँदैछ । फिल्ममा बलीउडका कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV