बलिउड अभिनेत्री कंगना रनावत अब ८० बर्षकी वृद्धा बन्ने भएकी छिन् । अभिनेत्री रनावत अब फिल्म निर्देशनमा पनि हात हाल्दैछिन् । उनले आफै निर्देशन गर्न लागेको फिल्मको नाम, ‘तेजू’ राखिएको छ ।

यो फिल्ममा कंगना ८० बर्षकी बृद्धाको भूमिकामा देखिन बलिउड मिडियाले उल्लेख गरेका छन् । यो फिल्मको कथा पनि कंगना आफैले लेख्नेछिन् ।

उनले, यस्ती एउटा बृद्धाको भूमिकामा काम गर्दैछिन्, जो मृत्युको मुखमा पुग्ने बेलामा मर्न नै चाहन्नन् र अझै जिउन चाहन्छिन् ।
उनले भनेकी छिन्-‘म वृद्ध मानिसहरुको विचबाट हुर्किएकी हुँ र उनीहरुको बारेमा यस्ता कैयौ कुराहरु मैले देखेकी छु, जुन आम मानिसले नदेखेको पनि हुनसक्छ ।’

कंगनाले आफू मात्र रिबन काटेर जिन्दगी जिउन नचाहने समेत बताएकी छिन् ।

For More videos Log on to Mazzako TV