गत शुक्रबार देखि झण्डै देशका ८० वटा हलहरुबाट प्रदर्शनमा आएको फिल्म ‘डायरी’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मकी अभिनेत्री तथा निर्मात्री छुल्ठिम गुरुङ, निर्देशक अनिल योन्जन, नायक सन्नी सिंह शनिबार राजधानीका हल हल पुग्दा दर्शकले फिल्म मन परेको प्रतित्रिया दिएका हुन् ।

पहिलो पटक फिल्म निर्माणमा हात बढाएकी छुल्ठिमले दर्शकबाट आएको प्रतिक्रियाले निकै उत्साहित भएको बताइन् । उनीहरुको टिम अष्टनारायण, क्युएफएक्स सिभिल र कुमारी, बिग मुभिज लगायतका हलमा पुगेर दर्शकसंग प्रत्यक्ष प्रतिक्रया लिएको थियो । छुल्ठिमले फिल्मबारे दर्शकले दिएको प्रतिक्रिया बारे भनिन्, ‘फिल्म हेर्ने अधिकांशले मन पराउनु भएको छ भने शनिबार सबै शो हाउसफुल नै भएका छन् । हाम्रो कामलाई जातिले हेर्नु भयो मन पराउनु भयो अब वर्ड अफ माउथले हामीलाई फाइदा गर्छ भन्ने विश्वास छ ।’

यस्तै ‘डायरी’ डेव्यु निर्देशक अनिल योञ्जनले पनि दर्शकले दिएको प्रतिक्रियाबाट उत्साहित भएको बताए । उनले भने, ‘मैंले जसरि रेखा जी, सन्नी र छुल्ठिमलाई देखाउने प्रयास गरेको थिए, त्यसलाई दर्शकले दिएको प्रतिक्रियाको आधारमा सफल भएको मानेको छु ।’  यस्तै नव नायक सन्नी सिंह पनि दर्शकबाट पाएको प्रतिक्रियाबाट दंग देखिए । दर्शकले सन्नीको विशेष गरी फाइटलाई मन पराएका छन् । ‘डायरी’ मा रेखा थापा भने भिलेनको भूमिकामा प्रस्तुत भएकी छिन् । दर्शकले दिएको प्रतिक्रिया भिडियोमा हेर्नुस् :

For More videos Log on to Mazzako TV