nisha_sonगायिका निशा सुनार र डान्स डाईरेक्टर शंकर विसीलाई पुत्री लाभ भएको छ । गएराती अमेरिकाको न्युयोर्क सहरमा निशाले छोरीलाई जन्मदिएकी हुन् ।

केही बर्षअघिदेखि लिभिङ्ग टुगेदरको रिलेसनमा रहेका निशा र शंकरले केही महिना अघि मात्र विहेको विधि पु¥याएका तस्वीरहरु सार्वजनिक भएका थिए ।

सांस्कृतिक कार्यक्रम गर्नको लागि भन्दै केही साता अघि निशा अमेरिका उडेकी थईन । अन्तत कुरो बुझ्दै जादा आफ्नो भावी सन्तानलाई अमेरिकामा जन्म दिन उनी अमेरिका उडेकी रहिछन भन्ने यतिबेला प्रष्ट भएको छ ।

बधाई छ निशा शंकरलाई । उहाँहरुको पारिवारिक जीवन सुखी र खुशी रहोस ।

तस्वीर – दिपाश्री निरौलाको फेसबुकबाट

For More videos Log on to Mazzako TV