नायिका करिना कपुरले सन्तानलाइ जन्म दिएपछि पहिलो पटक काम गर्न लागेको फिल्म हो, ‘वीरे दि वेडिंग’को चर्चा अहिले खुबै छ । केही समयको अन्तरालपछि करिना पर्दामा देखिन लागेकाले पनि यसले चर्चा पाइरहेको हो ।

यो फिल्मको छायांकन सुरु हुने भनेको लामो समय भैसक्यो । करिना गर्भवती हुनु अगावै फिल्मको छायांकन सुरु हुने चर्चा पनि थियो । तर, दर्शकले अझै फिल्मको छायांकनका लागि केही समय पर्खनुपर्नेछ । अब, यो फिल्मको छायांकन अगष्ट महिनाबाट मात्र सुरु हुनेछ ।

यो फिल्मलाई अभिनेत्री सोनम कपुरले निर्माण गर्न लागेकी हुन् । २ अभिनेत्रीको सहकार्य हुने भएकाले पनि यसले मिडियामा हाइप पाइरहेको छ । यो फिल्म छायांकनका लागि ५५ दिन लाग्नेछ । अभिनेत्री सोनम कपुर अहिले फिल्म ‘प्याडम्यान र दत्त बायोपिक’मा काम गरिरहेकी छिन् । यसैले पनि करिनाको फिल्मको छायांकन सुरु हुन ढिलाई भएको हो ।

For More videos Log on to Mazzako TV