सुलेमान शंकर अर्थात ‘इकु’ नेपालका चर्चित कलाकार हुन् । बिशेषत: हाँस्य विधामा रहेर काम गर्ने यि कलाकार सानो पर्दा हुदै ठुलो पर्दा सम्म सबैको मन जित्न सफल भएका छन् । इकु यतिबेला भने सामाजिक कार्यहरुमा पनि निकै सक्रिय भएर लाग्न थालेका छन् । उनले भुकम्पबाट आमा बुबा गुमाएर बेसहारा भएका बालबालिकाहरुलाई सहारा दिएर राखेका छन् । १२ जना केटाकेटीहरुको लालन पालन देखि पढाईको जिम्मा पनि लिएका छन् । कार्यक्रम गरेर आएको पैसा अनि साथीभाईको सरसहयोगले उनले केटाकेटीको हेरचाह गरिरहेका छन् । कोठा भाडामा लिएर केटाकेटीलाई आश्रय दिईरहेका इकुको एउटा आफ्नै आश्रम बनाएर बच्चाहरुलाई राख्ने उनको सपना छ ।

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला ।

For More videos Log on to Mazzako TV