अनमोल केसी स्टारर फिल्म ‘कृ’ को क्लाइमेक्स खिच्न मात्रै दुई साता लाग्ने भएको छ । आबुखैरेनीको खोरखकाली टायर उद्योगमा यो फिल्मको छायाँकन एक सातादेखि चल्दैछ । अझै एक साता चल्ने जानकारी प्राप्त भएको छ ।

भुवन केसी र सुवास गिरीको संयुक्त लगानीमा निर्माण भैरहेको फिल्म ‘कृ’ को क्लामेक्सन लोकेशन निकै भव्य देखिन्छ । क्लाइमेक्स खिच्न खर्च मात्रै करिब २० लाख लाग्ने निर्माण पक्षको दाबी छ । सुटिङ सक्दासम्म फिल्मको बजेट दुई करोड बढ्ने अनुमान गरिएको छ । फिल्मको सुटिङ सुरु भएको तीन साता भएको छ ।

सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘कृ’ मा अनमोलको अपोजिटमा नव नायिका अदीति बुढाथोकी प्रस्तुत भएकी छिन् । साथमा कलाकार अनुपविक्रम शाहीको पनि फिल्ममा भूमिका छ । समयमै सुटिङ सकिएको खण्डमा ‘कृ’ आउँदो भदौ ८ आउनेछ । श्री पराजुली निर्माता रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ ।

For More videos Log on to Mazzako TV