नायीका प्रियंका कार्की र नायक सौगात मल्ल अभिनित फिल्म ‘फाटेको जुत्ता’को शुभमुर्हत गरिएको छ । बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा फिल्म ‘फाटेको जुत्ता’को शुभ–साइत गरिएको हो । उक्त फिल्मलाई निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । अर्जुन कुमारको निर्माण रहने फिल्ममा प्रियंका र सौगातको संगै वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहने बताइएको छ । बिरगञ्जबाट छायाँकन सुरु गरिने फिल्म कात्तिक १७ गते प्रदर्शनमा ल्याइनेछ ।

शुभ–साइत कार्यक्रममा सौगातले नयाँ कथामा काम गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । त्यस्तै फिल्मकी नायीका प्रियंकाले पनि आफुले निर्बाह गर्न लागेको भुमिका अहिले सम्मकै फरक भएको आफु उत्साहित रहेको बताएकी छिन् । करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिने छ । फिल्म कमेडी कथामा बनाउन लागेको निर्देशक खड्काले बताए । प्रियंका र सौगातले ‘षडङग’, ‘फन्को’, ‘श्री ५ अम्बरे’ पछि यस फिल्ममा एकसाथ काम गर्न लागेका हुन् ।

For More videos Log on to Mazzako TV