प्रसन्न पौडेल निर्देशित फिल्म ‘कमलेको बिहे’ को ‘टाकन टुकन’ बोलको गीत रिलिज भएको छ । बिहिबार राजधानिमा एक कार्यक्रमको आयोजना गरि राजन राज शिवाकोटी को शब्द संगीत रहेको लोक लयमा आधारित उक्त गीत रिलिज गरिएको हो ।

 गीतमा मान्डवी त्रिपाठी संगै संगीतकार शिवाकोटीको समेत स्वर सुन्न पाईने छ । गीतमा सन्ध्या केसी र अनुप बिक्रम शाहीले कम्मर मर्काएका छन् । भिडियो यस्तो छ :

‘टाकन टुकन’ बोलका गीतको भिडियोमा दिपक मान सिंहको नृत्य निर्देशन रहेको छ । सरिता लामाले निर्माण गरेको फिल्मका कार्यकारी निमार्ता दिपक बिष्ट हुन् । बिदुर पाण्डेले खिचेको फिल्म ‘कमलेको बिहे’ लाई तारा थापाले सम्पादन गरेका हुन् ।

For More videos Log on to Mazzako TV