बलिउड अभिनेता सुशान्त सिंह राजपुत प्रेमको खबरले मिडियामा चर्चित छन् । करिब ६ बर्ष सिरियलकी चर्चित कलाकार अंकितासँग प्रेममा रहेका सुशान्त अहिले अभिनेत्री कृति सेननसँग प्रेममा छन् ।

तर, पनि मिडियामा सुशान्त र अंकिताको सम्बन्धको बारेमा खबर आइरहेका हुन्छन् । केही दिन अगाडि मात्र सुशान्त र अंकितालाई मुम्बइको एक कफी सपमा देखिएको खबर समेत सार्वजनिक भएको थियो ।

तपाई र अंकिता अहिले पनि साथी हुनुहुन्छ भन्ने मिडियाको प्रश्नमा सुशान्तले भनेका छन्-‘मेरो मात्र एक जना साथी छन् । जसको बारेमा मिडियालाई थाहा नै छैन ।’ सुशान्तको यो जवाफले के कुराको संकेत गरेको हो, यो उनले नै वुझ्ने कुरा हो ।

For More videos Log on to Mazzako TV