यही शुक्रबार अर्थात् जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ मार्फत छुल्ठिम गुरुङ अभिनयमा ‘ब्याक’ भएकी छिन् भने नायिका रेखा थापा पनि पहिलो पटक फिल्ममा भिलेन अवतारमा प्रस्तुत भएकी छिन् । छुल्ठिम यसै फिल्मबाट निर्मात्री पनि भएकी छिन् । के होला त ‘डायरी’ ?

टिजर तथा ट्रेलरलाई हेर्ने हो भने ‘डायरी’ ले दर्शकलाई हलसम्म आकर्षण गर्नु पर्ने हो । अनिल योञ्जन निर्देशित फिल्मको ट्रेलरमा रेखा थापा बोल्ड रुपमा मा देखिएकी छिन् भने छुल्ठिम क्युट लाग्छिन् । नव नायक सन्नी सिंह पनि एक्सनमा अब्बल देखिएका छन् । यति हुँदा हुँदै पनि ‘डायरी’ कस्तो चल्छ भन्ने भने फिल्म नगरीमा कौतुहलता छ । कस्तो चल्ला त ‘डायरी’ रु भोलिसम्म प्रतिक्षा गरौं । रेखा र छुल्ठिमसँग गरिएको मज्जाको गफ हेर्नुस् :

For More videos Log on to Mazzako TV