बलिउड अभिनेता सलमान खान उपहार दिने मामिलामा निकै अगाडी छन् । त्यस्तै सलमान दयालु छन् भन्ने कुरा धेरैलाई थाहा छ । यतिखेर एउटा खबर बाहिरिएको छ, सलमान खान आफ्नी प्रेमिका यूलिया वन्तुरका लागि घर किन्ने तरखरमा छन् । उनि यूलियाका लागि मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्ट नजिकैको घर हेरिरहेको खबर समेत बाहिरिएको छ ।

यसका लागि सलमानले अहिले सम्म थुप्रै फ्ल्याट हेरिसकेको तर कुन किन्ने भन्ने बारे निर्णय लिइ नसकेको बताइएको छ । रोमानिया निवासी यूलियाको धेरैजसो समय मुम्बईमा बिताउने गर्छिन् । सलमान र यूलियाको सम्बन्धबारे निकै चर्चा चल्ने गर्छ तर यसबारे दुबैले केही बोलेका छैनन । केहि समय अघि यूलिया खान परिवारसँग माल्दिभ्स पनि गएकी थिइन् ।

For More videos Log on to Mazzako TV