स्थानिय निर्वाचनको मत गणना जारी रहेका बेला सामाजीक संजालमा बिभिन्न खाले टीका टिप्पणी आइरहेका छन् । यसै क्रममा नायिका रेखा थापाले समेत आफ्नो फेसबुकमा स्टाटस राखेकी छिन् । उनको स्टाटस :

‘मलाई लागेको कुरा
सामाजिक सञ्चाजलमा जुन प्रकारले चुनावी परिणाम आएको छ । यसमा कसैले आत्तिनुपर्ने र कसैले मात्तिनु पर्ने स्थिति छ जस्तो वेल्कुल लागेको छैन् । पछिल्लो राजनीतिक परिवर्तनशिल अवस्था समपूर्ण प्रारम्भिक मात्रै हो । हरेक अवस्था अभ्यासको सल्याक्रियामा छानिदैछ । अब रह्यो चुनावको परिणाम देखेर नाच्नेहरु र रुनेहरुले राजनीति नबुझेकै होकि भन्ने लागेको छ। सायद म कम जान्ने भएर पनि होला । एउटा विश्लेषणको आधार मानेर भन्दाखेरी हार्दा नेपाली हार्ने र जित्दा नेपाली हार्ने भावनाको विकास हुनेदिनको पखाईमा म जस्ता व्यक्तिहरु छन् भन्ने कुरामा दुईमत खासै नरहला । बिम्बात्मक व्यङ्यबाट सामाजिक सञ्जाललाई कुरुप बनाउँने कार्यप्रति मेरो सहमति छैन् । सद्भाव रहने गरी खुसि हुने र लोकतन्त्रको अभ्यासका रुपमा आफूलाई परिस्कृत गर्ने समय हो । त्यसैले सामाजिक सञ्जालको दुरपयोग भन्दा पनि सदुपयोग गर्नुपर्ने आजको खाँचो हो जस्तो लाग्छ । मैले एकपल भनेकी थिए, प्रतिष्पर्धामा जित्ने र सिक्ने काम हुन्छ । हार्ने काम हुँदैन । आफ्ना ति हुन् जस्ले आकासमा उड्न दिदैनन् आजलाई यति ।’

For More videos Log on to Mazzako TV