गतबर्षको तिहारमा फिल्म ‘ए दिल हे मुश्किल’ सफल भएपछि अभिनेता रणवीर कपुरको पनि भाग्य चम्कियो । रणवीरले केही बर्ष असफल फिल्म दिइरहेको समयमा निर्देशक करण जोहर उनका लागि संजिबनी बुटी बनेर आए ।

फिल्म सफल भएपछि रणवीर अब चम्किने धेरैको विश्वास छ । रणवीर अहिले अभिनेता संजय दत्तको बायोपिक फिल्ममा काम गरिरहेका छन् । तर, भारतीय मिडियाको खबरलाई मान्ने हो भने, रणवीर र करण एकसाथ फेरि पर्दामा आउँदैछन् ।

यी दुइले नयाँ फिल्मका लागि धेरै समय छलफल गरिरहेका छन् । फिल्मकी मुख्य अभिनेत्री पनि फाइनल भएपछि यसको घोषणा हुने बताइएको छ ।

रणवीर संजयको बायोपिक पछि फिल्म ‘ड्रागन’मा काम गर्दैछन् । यो फिल्मपछि करण र उनको फिल्मको छायांकन सुरु हुनेछ ।

For More videos Log on to Mazzako TV