बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’ अहिले प्रतिक्षामा छ । यो फिल्मको मंगलबार बेलुकी एउटा गीतको भिडियो सार्वजनिक गरियो । ‘रेडियो’ बोलको गीतको सार्वजनिक कार्यक्रममा फिल्मका अभिनेता सलमान खान, अर्का अभिनेता सोहिल खान र निर्देशक कविर खान एकसाथ पुगेका थिए ।

कार्यक्रममा अभिनेता खानको भूमिकाको बारेमा बताउँदै निर्देशक कविर खानले भने-‘यो फिल्ममा सलमान सानो बच्चा जस्तो देखिएका छन् । जसले कुनै पनि कुरा ढिलो मात्र वुझ्छन् । यसैले फिल्मको नाम ‘ट्यूबलाइट’ राखिएको हो ।

यो फिल्म इदमा रिलिज हुँदैछ । सार्वजनिक गीतले अहिले राम्रै चर्चा पाइरहेको छ ।

For More videos Log on to Mazzako TV