नवौं संस्करणको डि सिने अवार्ड हेटौंडामा आयोजना हुने भएको छ । गत बर्ष पोखरामा आयोजना भएको डि सिने अवार्ड यस बर्षको असार ९ गते हेटौंडामा आयोजना हुने भएको हो । अवार्डको गर्ने स्थान तय भएसँगै अवार्डमा सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरिहरुबाट चलचित्र हेर्ने कार्य पनि भएको छ ।

डि सिने अवार्ड स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् । ०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरु जुरीले हेरिरहेका छन् । अवार्डको नवौ बर्षको अवसरमा दर्ता शुल्क पनि नौ सय मात्र राखिएको छ ।

For More videos Log on to Mazzako TV