फिल्म ‘रानी’ को एक गीतको सुटिङ खप्तड गएर गरिएको छ । जहाँ पुर्व मिस नेपाल तथा नायिका मलिना जोशी, दुई नव नायकहरु शारुक ताम्रकार र मनिष सुन्दर श्रेष्ठ फिचरिङ छन् ।

दश दिन लगाएर ‘रानी’ टिमले खप्तडमा गीत खिचेको हो । खप्तडसँगै गीतको सुटिङ बुटवल, कालिन्चोक र जिरीमा खिचिएको छ । दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ को सबै जसो सुटिङ सकिएर सम्पादनको कार्य भैरहेको छ । फिल्ममा मलिना शिर्ष भूमिकामा प्रस्तुत भएकी छिन् ।

पहिलो पटक खप्तड पुगेकी मलिनाले त्यहाँ सुटिङ गर्दाको अनुभव अविष्मरणीय रहेको बताइन् । ‘स्वर्ग जस्तै रैछ’ मलिनाले अप्तड पुग्दाको आफ्नो अनुभव सुनाइन् । सिसान बाँनियाको सिनेम्याटोग्राफी रहेको फिल्ममा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV