देश देखी बिदेश सम्म चर्चा र पुरस्कार पाउन सफल फिल्म ‘कालो पोथी’ फेसबुक लाइभबाट सार्वजनिक भएको छ । बिदेशको बिभिन्न शहरमा च्यारेटिको तयारीमा रहेको फिल्म बेलायतबाट प्रशारण हुने नेपाली टिभी युकेको फेसबुक पेजबाट लाईभ प्रसारण भएको हो । फेशबुकबाट सार्वजनिक भएपछि निर्देशक मीन बहादुर भाम र ‘कालो पोथी’ टीम अहिले तनावमा रहेका छन् । गत शनिबार बिहानै लाईभ भनेर फेसबुकबाट उक्त फिल्म प्रशारण भएको थियो । भामले सो लाईभको कमेन्टमै यो पाईरेसी रोक्न अनुरोध गरेका थिए । आफनो बितरकको माध्यमबाट क्षतीपुर्ती माग्ने भाम तयारीमा छन् ।

नेपाली टिभी युकेले अहिले सो लाइभ भिडियो हटाईसकेको छ । फिल्म ७२ औं भेनिस अन्तराष्ट्रिय फिल्म फेस्टिभल, क्रिटिक्स विकमा उत्कृष्ट फिल्म बनेको थियो । अविनाश विक्रम शाहसँग मिलेर निर्देशक भामले नै निर्माण गरेको चलचित्र युद्धको समयमा मुगुका दुई बालक साथी प्रकाश र किरणले ब्यहोर्नु परेको कथामा बोकेको हो ।

For More videos Log on to Mazzako TV