छायांकनको तयारीमा रहेको फिल्म ‘ठग अफ हिन्दुस्तान’मा अभिनेत्री फातिमा सेखले अभिनेता आमिर खानसँग रोमान्स गर्ने चर्चा चलिरहेको थियो । फिल्म ‘दंगल’मा फातिमा आमिरकी छोरीको भूमिकामा देखिएकी थिइन् ।
पहिलो फिल्ममा आमिरकी छोरी बनेकी फतिमाले दोश्रो फिल्ममा उनीसँग नै रोमान्स गर्ने खबर सार्वजनिक भएपछि सामाजिक संजालमा यसले व्यापाक चर्चा पायो ।

तर, अब खबरमा ट्विस्ट आएको छ । अभिनेत्री फातिमा यो फिल्मकी कलाकार त हुन्, तर उनले आमिरसँग रोमान्स गर्ने छैनन् । अमिताभ बच्चनको समेत मुख्य भूमिका रहेको फिल्ममा आमिरले अभिनेत्री कट्रिना कैफसँग रोमान्स गर्नेछन् ।

यशराज फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई विजयकृष्ण आचार्यले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV