केही दिन अगाडि क्यानेडियन पप स्टार जस्टिन विवरले भारतको मुम्बइमा भव्य कन्सर्ट दिए । उनले करिब २ घन्टा आफ्ना चर्चित गीत गाएर ५० हजार बढी दर्शकलाई झुमाए । जस्टिन त भारतबाट  फर्किसकेका छन् । तर, उनीसँग बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज भने खुबै रिसाएकी छिन् ।

ज्याकलिनलाई जस्टिनको टिममा राख्ने कुरा थियो । कन्सर्टपछि ज्याकलिने स्टेज पछाडि जस्टिनका लागि पार्टीको समेत आयोजना गर्ने भारतीय मिडियाले बताइरहेका थिए ।

यी, बाहेक भारतका विभिन्न रमणिय स्थानमा जस्टिनलाई घुमाउने योजना समेत ज्याकलिनको थियो । तर, जस्टिन कार्यक्रम सकिएलगतै भारत छाडेर फर्किएपछि जस्टिन रिसाएकी हुन् ।

For More videos Log on to Mazzako TV