आउँदो शुक्रबार अर्थात् जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ सेन्सर पास भएको छ । सेन्सरले यो रिभेञ्ज लभ स्टोरी फिल्मलाई पिजी अर्थात् १६ बर्ष भन्दा मुनिका बालबालिकालाई अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

अनिल योञ्जन निर्देशित फिल्म ‘डायरी’ लाई केही द्धन्द्धका दृश्यका कारण सेन्सरले पिजी प्रमाण पत्र दिएको हो । कुनै पनि संवाद तथा दृश्यलाई भने काँटछाँट गर्नु नपर्ने निर्देशक योञ्जनले बताए । फिल्ममा नायिका छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । नायिका रेखा थापा पहिलो पटक ‘डायरी’ मा भिलेनको भूमिकामा प्रस्तुत भएकी छिन् ।

For More videos Log on to Mazzako TV