भारतमा ३८७ करोड कमाइ गरेको अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले चीनको बक्स अफिसमा बम्पर कमाई गरेको छ ।
फिल्मले एक सातामै ३०१ करोडको कमाइ गरेपछि अहिले बलिउड फिल्मीकर्मीहरु तरंगित भएका छन् । फिल्मले केही दिनमा नै भारतको बक्स अफिसलाई तोड्ने पक्का छ ।
चीनमा ३ सय करोडको व्यापार गरेसँगै अभिनेता खान अभिनित यो फिल्मले विश्वभरबाट हजार करोडको कमाइ समेत गरेको छ । ‘बाहुवली २’ पछि हजार करोड कमाउने अर्को फिल्म समेत ‘दंगल’ बनेको छ ।

चीनको बक्स अफिसमै भारतको बक्स अफिस भन्दा बढी कमाएपछि अहिले बलिउड फिल्मको चीनमा बजार खोज्न सुरु गरिएको छ ।

For More videos Log on to Mazzako TV