फिल्म ‘पिकू, पिंक’ जस्ता सफल फिल्ममा काम गरेका अभिनेता अमिताभ बच्चनले शुक्रबारबाट रिलिज भएको फिल्म ‘सरकार ३’ किन खेले होलान् भन्ने चर्चा अहिले सुरु भएको छ । रामगोपाल बर्माले निर्देशन गरेको यो फिल्मले निकै कमजोर ओपनिङ गरेपछि अमिताभको रोजाइलाई लिएर चर्चा सुरु भएको हो ।

शुक्रबारबाट रिलिज भएको यो फिल्मले पहिलो दिन जम्मा २.२५ करोडको कमाई गरेको थियो । ३ साता अगाडि रिलिज भएको फिल्म ‘बाहुवली २’को व्यापार निकै माथि छ ।

यस्तै, शुक्रबार आयुष्मान खुराना र परिणिती चोपडा अभिनित फिल्म ‘मेरी प्यारी बिन्दु’ले पनि खराब सुरुवात गर्‍यो । यो फिल्मले १.७५ करोडको मात्र कमाइ गरेको छ ।

For More videos Log on to Mazzako TV