चर्चित गीत ‘साइँली’ का लेखक तथा संगीतकार कालिप्रसाद बास्कोटाले नयाँ गीत ‘तिलहरी’ सार्वजनिक गरेका छन् । कालिले ‘तिलहरी’ मा समेत वैदेशिक रोजगारीकै कथालाई आधार बनाएका छन् । साइँलीमा युवक विदेश जाने अघिल्लो रातदेखि विदेश गइसके पछिको कथा समेटिएको थियो । ‘तिलहरी’मा विदेश जाने पक्का भएपछि जाने दिन सम्म तीन दिनको कथा समेटिएको छ ।

तिलहरीमा मनिष ढकालको स्वर सुन्न पाइने छ । करिब दुई वर्षअघि ‘परदेशी नभन’ बोलको गीतमा कालिले मनिषका लागि शब्द र संगीत तयार पारिदिएका थिए । भिडियोको निर्देशशन निकेश खड्काले गरेका छन् ।

तिलहरीमा ‘रेशम फिलिली’, ‘लुट २’, ‘पलाँस’जस्ता फिल्मबाट अभिनय कौशलता प्रस्तुत गरिसकेका कामेश्वर चौरसिया र रंगमञ्चबाट फिल्म अभिनयतिर मोडिँदै गरेकी लक्ष्मी बर्देवालाई जोडीको रुपमा प्रस्तुत गरेका छन् ।

 

 

For More videos Log on to Mazzako TV