काठमाण्डौको कुमारीपाटी स्थित ‘पिज्जा वल्र्ड’को उद्घाघाटन भएको छ । उक्त ‘पिज्जा वल्र्ड’को नायिकाहरुको समुहले शुक्रबार उद्घाघाटन गरेका हुन् । बौद्धमा स्थापना भएर छोटो समयमा राम्रो रेस्पोन्स पाएपछि पिज्जा वल्डको दोस्रो ब्रान्चको रुपमा कुमारीपाटीमा खुलेको हो ।

कलाकार बिनोद पौडेल लगायतको टिमले संचालनमा ल्याएको यस पिज्जा वल्र्डको उद्घाटनको लागि नायिकाहरु केकी अधिकारी , पूजा शर्मा, छुल्ठिम गुरुङ, रीमा विश्वकर्मासँगै नायक गजित बिष्ट, निर्देशक दिपेन्द्र के खनाल, निलु डोमा शेर्पा उपस्थित थिए । यिनीहरुले रिबन काटेर उद्घाघाटन गरेसंगै पिज्जाको स्वाद लिदै तारिफ समेत गरेका छन् । ‘पिज्जा वल्र्ड’ मा विभिन्न प्रकारका पिज्जा सहित पास्ता, स्पाइसी चिकेन, चिकेन तन्दुरी लगायतका खानकुरा उपलब्ध छन् ।

For More videos Log on to Mazzako TV