मिडिया इन्टरनेशनल अनामनगरमा सोमबार महानायक राजेश हमाललाई ‘सिम्पल सम्मान २०७०’ बाट सम्मानित गरिएको छ । सामाजिक सेवामा आवद्व सिम्पल आर्टस् क्रियसन बानेश्वरले महानायकलाई यो सम्मान दिएको हो । दोसल्ला ओढाएर सम्मान पत्रसहित हमालको योगदानको कदर गरिएको छ ।

बिगत लामो समयदेखि नेपाली चलचित्र मार्फत लाखौ दर्शकहरुको मनमा अमिट छाप पार्दै चलचित्र क्षेत्रको लागि हमालले दिएको योगदानको कदर स्वरुप यो सम्मान गरिएको बताईएको छ ।

कलाकारिताको माध्यमबाट सामाजिक सचेतनामा महानायकले खेलेको भुमिका उल्लेखनिय रहेको छ ।
सिम्पल आर्टस् क्रिएसनले बिगत १६ बर्षदेखि प्रत्येक बर्ष कला, संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । आर्ट काउन्सिलका भिसी किरन मानन्धरको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा बक्ताहरुले हमाले दिएको योगदानको खुलेरै तारिफ गरे ।

सम्मान ग्रहण पछि बोल्दै हमालले आगामी दिनमा पनि चलचित्रको माध्यमबाट समाजिक सचेतनाको लागि काम गरिरहने बताए ।

For More videos Log on to Mazzako TV