शुक्रबारबाट भारत लगायत विश्वभर रिलिज भएको फिल्म ‘मेरी प्यारी विन्दु’को विशेष शो आयोजना भयो । यो फिल्मले शुक्रबार बिहानीका शोहरुमा खासै चमत्कार गर्न नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्ममा आयुष्मान खुराना र परिणिती चोपडाको मुख्य भूमिका छ । समिक्षकहरुले फिल्मलाई दिक्कलाग्दो भनेका छन् । यो फिल्मको विशेष शो निर्माण कम्पनी यशराज फिल्मस्को स्टूडियोमा गरिएको छ । स्टूडियोमा फिल्म हेर्नका लागि कंगना रनावत, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, बाणी कपुर लगायत पुगेका थिए ।

उनीहरुले फिल्मलाई राम्रो भनेका छन् । तर, फिल्मले भने परिणितीको असफल करिअरलाई उभो लगाउने अवस्था देखिएको छैन ।

For More videos Log on to Mazzako TV