अभिनेता आमिर खान अभिनित फिल्म ‘दंगल’ले भारतीय बक्स अफिसमा ३८६ करोडको कमाई गरेको थियो । आजसम्म, भारतीय बक्स अफिसमा सवैभन्दा धेरै कमाउने फिल्मको नाम आमिर खानको ‘दंगल’सँग सुरक्षित थियो ।

तर, अब उनको यो रेकर्ड केही महिनामा नै तोडिएको छ । २ साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘बाहुवली २’ले आमिरको फिल्मको रेकर्ड तोडेको हो ।

यो फिल्मले २ सातामा ३ सय ९१ करोडको व्यापार गरेको छ । यो हिन्दी भर्सनमा फिल्मले गरेको व्यापार हो । विश्वभरबाट हजार करोडमाथिको कमाई गरेको तहल्का मच्चाएको फिल्मले २ सातामा नै ‘दंगल’को रेकर्ड तोडेको हो । यो फिल्मले हिन्दी भर्सनमा मात्र ५ सय करोड कमाउने अड्कल काँटिएको छ ।

For More videos Log on to Mazzako TV