नयाँ वर्षकोको अवसरमा अल नेपाल रिलिज भएको फिल्म ‘लभ लभ लभ’ अब अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । बैशाख १ गते रिलीज भएको फिल्म ‘लभ लभ लभ’ले अष्ट्रेलियाको सिड्नी शहरबाट  विदेश प्रदर्शन यात्रा शुरुवाद गर्नेछ ।

आउदो जेष्ठ ६ गते सिड्नीको इभेन्ट सिनेमासमा ‘लभ लभ लभ’ प्रदर्शन हुनेछ । यो फिल्मको प्रिमियरका लागि जेष्ठ २ गते निर्देशक दीपेन्द्र के. खनाल र कलाकार सुरज पाण्डे  सिड्नी पुग्नेछन् । शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको लभ स्टोरीलाई देखाइएको छ । रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV