चलचित्र निर्माताहरु सिनेमाको प्रचार प्रसारको लागि नयाँ नयाँ तरिकाहरु अपनाउने गर्दछन् । यसैबीच यही जेठ २६ गतेबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको नायिका ऋचा शर्माले निर्माण गरेको सिनेमा ‘आधा लभ’ले पनि नयाँ तरिका अपनाएको छ । चलचित्र निर्मात्री शर्माका अनुसार ‘आधा लभ’ शीर्षकमा कथा, कविता, मुक्तक, निबन्ध वा अन्य जुनसुकै रचना पठाएर यदि उत्कृष्ट भएको खण्डमा सिनेमाको तर्फबाट पुरस्कार प्राप्त गर्न सकिनेछ ।

‘मेरो आधा लभ स्टोरी : क्रियटिभ राईटिङ कम्पिटिशन’ अन्तरर्गत आफूले लेखेका रचनाहरु [email protected] मा जेठ १८ गतेसम्ममा पठाईसक्नु पर्नेछ । बिषेश पुरस्कार सहित चलचित्रको टिकट पनि बिजेतालाई प्रदान गरिने नायिका तथा निर्मात्री ऋचा शर्माले जानकारी गराएकी छिन् ।

अर्पण थापाले निर्देशन गरेको चलचित्र ‘आधा लभ’लाई लिएर ऋचा निकै उत्साहित देखिएकी छिन् । चलचित्रको ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सिनेमा युनिट दंग देखिएको छ । सिनेमामा ऋचाका अलावा अर्पण थापा, रेमनदास श्रेष्ठ, रोजिना शाही, टिका पहारी, बिपिन गुरुङ्ग लगायतले पनि अभिनय गरेका छन् ।

Watch Trailer Here :-

 

For More videos Log on to Mazzako TV