बलिउड अभिनेता रणवीर कपुरको लभ लाइफ पनि मिडियाबाट कहिले टाढा जान सकेन । अभिनेत्री दीपिका पादुकोणदेखि कटि्रना कैफसम्म, उनको जीवनमा आए र गए ।

रणवीर अभिनेत्री कैफलाइ छाडेपछि एक्ला देखिएका छन् । तर, अब भारतीय मिडियाको रिपोर्टलाइ मान्ने हो भने उनको जीवनमा एक यूवती आएकी छिन् ।

रणवीरको जीवनमा आफूले खोजे जस्तै यूवती भित्राउनका लागि उनकी आमा नितु कपुरले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । हो, रणवीरको जीवनमा आउन लागेकी यूवती लण्डनमा बस्छिन् ।

उनीसँग बिहेको कुराकानी गर्नका लागि नीतु र रणवीर लण्डन पुगेका थिए । एक व्यापारीको छोरीसँग नीतुले छोराको बिहे गरिदिन लागेकी हुन् । मिडियाका अनुसार नीतुकै एक साथीको मद्दतमा रणवीरका लागि लण्डनवाली हेरिएको हो ।

For More videos Log on to Mazzako TV