फिल्म ‘बाहुवली २’ले बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्म बम्पर हिट भएपछि यसका मुख्य अभिनेता प्रभासलाई विभिन्न प्रस्ताव आइरहेका छन् । मिडिया रिपोर्टलाई मान्ने हो भने पनि, उनले ६ हजार यूवतीको अफरलाई अस्विकार गरिसकेका छन् ।

प्रभासले ६ हजार यूवतीलाई अस्विकार गर्नुको पछाडि, एक बलिउड अभिनेत्री हुन् । हो, प्रभास बलिउड अभिनेत्री दीपिका पादुकोणलाई मन पराउँछन् । दीपिका उनलाई निकै सुन्दर र प्रतिभावान लाग्छ । उनले, कुनै समय दीपिकासँग काम गर्ने इच्छा समेत व्यक्त गरेका छन् ।

प्रभासले दीपिका आफ्नो क्रस भएको समेत खुलाएका छन् । के दीपिका र प्रभास एकसाथ काम गर्ने अवसर जुर्ला त ?

For More videos Log on to Mazzako TV